चितवन विशेष

भरतपुरमा दुई मोटरसाइकल ठोक्किए,चालकको हातखुट्टा भाँचियो

Banner

चितवन,साउन २९-

चितवनमा आज (बुधवार) दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुईजना घाइते भएका छन् । भरतपुरको चौविसकोठी–रामपुर सडकखण्ड अन्तर्गत भनपा ७ त्रिचोकमा रामपुरबाट भरतपुर आँउदै गरेको ना ४९ प ६३४० नम्बरको मोरसाइकल र विपरित दिसाबाट आउँदै गरेको ग १५ प ९०४५ नम्वरको अर्को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुवै मोटरसाइकलका चालक घाइते भएका छन् । ना ४९ प ६३४० नम्वरको मोरसाइकल चालक भनपा १९ का १९ बर्षिय मन्जिल रानाभाटको चितवन मेडिकल कलेज र अर्का ग १५ प ९०४५ नम्वरको मोटरसाइकल चालक भनपा ५ का ३० बर्षिय रोशन धमलाको नारायणी सामुदायीक अस्पतालमा उपचार भइरहेको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत मन्जिल रानाभाटको हातखुट्टा भाँचिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अर्का घाइतेको अवस्था सामान्य छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । तस्विरः फेसबुक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>