चितवन विशेष

चितवनमा क्रिकेट रंगशाला निर्माणका लागि ३० जिल्लामा समिति निर्माण

Banner

चितवन,साउन २८-

धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ३० जिल्लामा सहयोग समिति बनिसकेको बताएका छन् । मंगलबार पत्रकार महासंघ चितवनको शाखा कार्यालयमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष धुर्मुसले देशभर नै रंगशाला निर्माण सहयोग समिति बन्ने क्रम जारी रहेको बताए । उनले दसैँअघि डीपीआर तयार भइसक्ने जानकारी दिए । बीचमा कुनै किसिमको व्यवधानहरु नआए तोकिएकै समयमा रंगशाला बनिसक्ने उनको दावी छ ।

अध्यक्ष धुर्मुसले जिल्ला जिल्लामा अभियन्ताहरुको सहयोग समिति पनि बनाइने बताए । पत्रकार सम्मेलनमा उनले भने, ‘जिल्लामा बनेको सहयोग समितिले आर्थिक संकलन सुरु भइसकेको छ, एउटा जिल्लामा एक करोड उठ्यो भने पनि ७७ करोड उठ्छ ।’

उनले क्रिकेट रंगशालाको प्रारम्भिक चरणका कामहरु भइरहेको बताए । अध्यक्ष धुर्मुसले भन्नुभयो, ‘डीपीआर आएपछि सबै खालका द्विविधाहरु हट्ने छ, अझै मानिसमा केही द्विविधा छन् ।’

पत्रकारहरुसँग उहाँले सहयोगको लागि घोषणा गरिएका रकमहरु सबै जम्मा नभइसकेको बताए । उनले भने, ‘घोषित गरिएका रकमहरु डीपीआर अघि नै जम्मा हुन सके काम गर्न सजिलो हुने थियो ।’ उनले चितवनलगायत आसपासका सबै जिल्लामा सहयोग समिति बनेको हुनाले रकम संकलन हुने क्रम तीव्र रुपमा भइरहेको बताए । उहाँले हालसम्म ७ करोडको हाराहारीमा रकम जम्मा भएको र डीपीआर आएपछि रकम संकलन तीव्ररुपमा हुने बताए ।

यसैविच रंगशालालाई आर्थिक सहयोगार्थ मंगलबार चितवनमा अर्को एक सहयोग समिती गठन भएको छ । चितवनमा रहेका बिभिन्न सामाजिक संस्थामा आबद्द अभियन्ताहरुको तर्फबाट सहयोग समिती गठन भएको हो ।

रंगशाला निर्माणस्थलमा मंगलबार धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र सामाजिक अभियन्ताहरुको बिशेष भेलाले अभियन्ताहरुको तर्फबाट ‘जिल्ला स्तरिय सहयोग समिती’ गठन गरेको हो । उक्त समितीको संयोजन सामर्थे नेपालका अध्यक्ष अर्जुन भुषालले गर्ने भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>