अटो

निसान किक्स गाडीप्रति ग्राहक आकर्षित

Banner

चितवन, साउन २२-

नेपालमा निसान मोटर्सद्वारा उत्पादित गाडी निकै लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ ।

गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले बिक्री वितरण सुरु गरेको छोटो अवधिमा २२२ भन्दा बढी निसान किक्स मोटर बिक्री गर्न सफल भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अहिले पनि निसान किक्सको ग्राहक निरन्तर थपिँदै गएकोले भविष्यमा यसले नयाँ कीर्तिमान कायम गर्ने विज्ञप्तिमा उल्लेख छ । किक्स गाडीले ग्राहकलाई विशेष सुविधासहित आरामदायी सेवा प्रदान गरेको परिणामस्वरुप छोटो अवधिमा उल्लेखनिय सफलता प्राप्त गरेको छ । यसको फराकिलो भित्रीभाग, आकर्षक बाहिरी बनावट, आरामदायी र सुरक्षित बनावटले गर्दा ग्राहकको रोजाइमा पर्न सफल भएको छ । यसरी निसान किक्सलाई ग्राहकहरुले गरेको माया र विश्वासप्रति आभार प्रकट गर्दै भविष्यमा पनि यस्तै स्नेह सहयोग र साथ पाइरहने अपेक्षा कम्पनीको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>