चितवन विशेष

नारायणीमा नेपालकै पहिलो सिग्नेचर ब्रिज बन्ने निश्चित,सर्भेको काम सुरु

Banner

चितवन,साउन २१-

चितवन र नवलपुर जिल्लालाई जोड्ने नारायणी नदीमा नेपालकै पहिलो सिग्नेचर ब्रिज बन्ने निश्चित भएको छ । चिनियाँ प्राविधिकको सहयोगमा सर्भे गरेर चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा सिग्नेचर ब्रिज बनाउने निर्णय भएको पुल महाशाखा प्रमुख दिपक भट्रराईले जानकारी दिए ।

उनका अनुसार चिनियाँ प्राविधिकले फिल्ड भिजिट गरेर पश्चात नारायणीमा सिग्नेचर ब्रिज निर्माण सम्भव रहेको बताएका छन् । ‘एकजना चिनियाँ प्राविधिक आउनुभएको थियो,उनले भने,उहाँले दिएको सुझाव र सल्लाहा अनुसार पुल महाशाखाका तर्फबाट सर्भेको काम सुरु भएको छ ।’ छिट्टै चिनियाँ डा चेन सहितका प्राविधिक झिकाएर डिजाईन तयार पारिने भट्टराइले नारायणी अनलाइनलाई जानकारी दिए ।

महाशाखाले तयार पारेको सर्भे रिपोर्ट अनुसार नारायणी नदीमा निर्माण गर्न लागिएको पुल करिव पाँच सय मिटर लम्बाइको हुने छ । डबल लेनमा निर्माण हुने यो पुल भने एक अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । नारायणी नदिको अहिलेको पुलभन्दा उत्तरपट्टी आर्क ब्रिज पुल निर्माण गरिनेछ ।

विश्व बैंकको सहयोगमा पुलको डिजाईन गर्न लागिएको महाशाखाले जनाएको छ । यस अघि नै विश्व बैंकसँग सम्झौता भएर सर्भे र डिजाईन गर्न लागिएको हो । डिजाईन तयार भएपछि लगानीबारे टुङगो लाग्ने छ । योजना यसअघिनै बनेको भएपनि बजेट अभावका कारण काम गर्न ढिलाई भएको भट्टराइले बताए । यसबर्ष सरकारले नीति तथा कार्यक्रम मार्फतनै सम्बोधन गरेपछि पुल महाशाखा आर्कब्रिज निर्माणका लागि अग्रसर भएको हो ।

सिग्नेचर ब्रिज सामान्य पुल भन्दा फरक खालका हुन्छ । विशेष कलात्मक हुन् । सामान्य मोटरेवल पुल जस्तै भएपनि आकर्षक र नयाँ प्रविधि प्रयोग गर्दै निर्माण गरिन्छ । यो झट्ट हेर्दा झण्डैं नेटवर्क आर्क ब्रिज जस्ता देखिन्छन् । तर यस्ता पुललाई आर्क भन्दा अझ आकर्षक मानिन्छ ।

पुलमा लाईटहरु जडान गरिएको हुनेछ जसका कारण रातमा समेत जीवन्त देखिन्छ । युरोपमा यी प्रविधिका पुलहरु अत्यन्तै धेरै देख्न पाईन्छ । पर्यटक र शहरी सौन्दर्यका हिसावले पनि यस्ता पुललाई महत्वपुर्ण मानिन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>