अन्तर्राष्ट्रिय
यमनमा १७ प्रहरी मारिए
०

दुबई, साउन १६-
सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमणमा कम्तीमा १७ यमनी प्रहरीको मृत्यु भएको छ । यस आक्रमणमा परी दर्जनौं व्यक्ति घाइते भएका चिकित्सकहरुले बताएका छन् ।
यमनको राजधानी शहर कब्जा गरेर बसेका हुथी विद्रोही समूहले एडेनको पश्चिम भागबाट २० किलोमिटर टाढा रहेको अल जाला शिविरमा ड्रोन र ब्लालिस्टिक क्षेप्यास्त्रद्वारा आक्रमण गरेका थिए ।
संयुक्त अरब इमिरेट्सको दक्षिणी बन्दरगाह शहर सैख ओथम्यान क्षेत्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा तीन प्रहरी मारिएको घटना सेलाउन नपाउँदै यो घटना भएको छ । (रासस /एएफपी)
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>