देश/प्रदेश

मोबाइल चार्जमा राखेर गेम खेल्दा करेन्ट लागेर किशोरको मृत्यु

Banner

विराटनगर साउन १६-

मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर मोरङको लेटाङ नगरपालिकामा बिहीबार बिहान एक बालकको मृत्यु भएको छ। लेटाङ(३) त्रिशूली चोकका पदमबहादुर राईका छोरा १५ वर्षीय शौजन राईको बिहान सवा १ बजेतिर करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए।

डीएसपी खिउजुका अनुसार शौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए। दुवैजना एउटै खाटमा सुतेका थिए। शौजनलाई चार्ज गरिरहेको मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेको र मृत्यु भएको खिउजुले बताए। चार्ज गर्दै मोबाइलमा गेम खेलिरहेका उनलाई एक्‍कासी करेन्ट लागेको पाइएको उनले बताए।

खिउजुका अनुसार सुरजले खाटको भित्तापट्टी सुतेको साथी एक्‍कासी छट्पटाउन थालेपछि बुवा,आमालाई बोलाएका थिए। चार्जमा रहेको मोबाइलबाट शौजनलाई करेन्ट लागेको थाहा पाएर सुरजले बिजुली समेत बन्द गरिदिएको प्रहरीको भनाइ छ।

करेन्ट लागेका बेला मोबाइल शौजनको हातमै थियो। घटनास्थलमा पुगेको प्रहरीले बन्द अवस्थामा मोबाइल फेला पारेको छ। शौजनको घाँटीमा डढेको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको डीएसपी खिउजुले बताए। अन्नपूर्णपोष्टबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>