देश/प्रदेश

प्रेमीको जन्मदिन मनाउन गएकी किशोरी मृत फेला, प्रेमीसहित दुई पक्राउ

Banner

काठमाडौं श्रावण १

काठमाडौंको बालाजुमा प्रेमीको जन्मदिन मनाउन भनेर गएकी १६ वर्षीय किशोरी जेनी तामाङ मृत फेला परेकी छन् । त्रिपुरेश्वको सुकुम्वासी बस्तीमा बस्दै आएकी जेनी असार ३० गते साँझ बालाजुमा डेरा गरी बस्ने १९ वर्षीय भीम मगरको कोठामा गएकी थिइन् ।

पक्राउ परेका अभियुक्तलाई उद्धृत गर्दै महानरीय प्रहरी परीसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जनाएअनुसार जन्मदिन मनाउन जेनी भीमको कोठामा पुग्दा उनीसँग प्रविना नगरकोटी टिभी हेरिरहेकी थिइन् । अनुसन्धानका क्रममा प्रविना पनि भीमकी प्रेमिका भएको खुलेको छ ।

आफ्नो प्रेमीको कोठामा अर्कै केटीलाई देखेपछि जेनी र प्रविनाबीच विवाद उत्पन्न भएको थियो । ‘‘झगडा भएपछि प्रविनाको सल लगेर जेनी शौचालय गइन् । केही बेरसम्म जेनी नआएपछि भीम शौचालयमा जाँदा उनी सलले झुण्डिएको अवस्थामा थिइन्,” भीमले प्रहरीसँगको बयानमा भनेका छन् ।

पछि उनीहरु दुवैले प्रहरीलाई खबर नगरी जेनीलाई अस्पताल लगेको बताएका छन् । अस्पताल लैजाँदा जेनीको मृत्यु भइसकेको थियो । डीएसपी वोगटीका अनुसार पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । भीम र प्रविनाले जेनीले झुण्डिएरै आत्महत्या गरेको साबिती बयान दिएका छन् । उनीहरु दुवैमाथि कर्तव्य दुरुत्साहनमा म्याद थपेर अनुसन्धान अगाडि बढाइएको डिएसपी वोगटीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>