गण्डकी

जङ्गली च्याउ खाँदा बालकको मृत्यु, पाँच बिरामी

Banner

गलेश्वर, असार २९–

म्याग्दीमा जङ्गली च्याउ खाएर सिकिस्त बिरामी भएका एक बालकको मृत्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा बस्ने जमुना कुँवरका छोरा ऋषि कुँवरको उपचारको क्रममा पोखराको मणिपाल अस्प्तालमा मृत्यु भएको हो ।

वनबाट ल्याएको च्याउको तरकारी बनाएर खाएपछि परिवारका छ बिरामी भएका थिए । विषालु च्याउ खानेबित्तिकै बान्ता, पखाला र टाउको दुख्न थालेपछि स्वास्थ्यचौकीमा उपचार गरे पनि निको नभएपछि थप उपचारका लागि पोखरा लगिएको अवस्थामा बालक ऋषिको मृत्यु भएको राष्ट्रिय जनजागृति माविका प्रधानाध्यापक टेक राम्जालीले जानकारी दिए ।

विद्यालयमा कक्षा–५ मा अध्ययरत मृतक कुँवर, उनकी दिदी तारा कुँवर र भाइ ओमप्रकाश कुँवरलाई थप उपचारका लागि पोखरा लगेपछि गाउँमा जानकारी भएको थियो । उपचार गरिरहेका अन्य बिरामीको अवस्था सुधारोन्मुख छ । थोरै खानेलाई समान्य असर देखिए पनि तीनै जनाले धेरै खाएकाले सिकिस्त भएको चिकित्सको भनाइ उद्धृत गर्दै राम्जालीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>