अन्तर्राष्ट्रिय
भारतको बिहार सरकारको घोषणा: बाबुआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने
०

एजेन्सी
पटना, जेठ २९-
भारतको बिहार राज्य सरकारले आफ्ना बाबुआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने निर्णय गरेको छ।
हेरचाह नगरेको उजुरी परेमा उनीहरूलाई जेल हालिने निर्णय मंगलबार त्यहाँको सरकारले गरेको हो। बिहार सरकारले मातापिताको हेरचाहलाई अनिवार्य गर्ने निर्णय गरेको छ।
यससँगे बिहार सरकारले मूख्यमन्त्री वृद्धा पेन्सन योजनालाई ुराइट टु सर्विस एक्टुमा सामेल गर्ने निर्णय गरेको छ।
मंगलबार राज्यका मूख्यमन्त्री नितिश कुमारको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले यी बाहेक विभिन्न १७ एजेन्डालाई स्विकृति समेत दिएको छ।
मदिरा निषेधपछि नितिश सरकारको यो निर्णयलाई अर्को सामाजिक कुरीतिविरूद्धको कदमका रूपमा लिइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>