चितवन विशेष

मिस एसईई चितवनको ट्यालेन्ट शो

Banner

चितवन, जेठ १९–

तेस्रो संस्करणको एस्पाएर मिस एसईई स्टार चितवन २०१९ को ‘ट्यालेन्ट शो’ सम्पन्न भएको छ । नारायणगढमा आज (आइतबार) भएको ‘ट्यालेन्ट शो’मा मिस एसईई स्टार चितवन २०१९ का प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

मिस एसईई स्टार चितवनका २२ जना प्रतियोगीहरुले आफू भित्र रहेका प्रतिभाहरु प्रस्तुत गरेका थिए । २२ जनामध्ये केहीले नृत्य प्रस्तुत गरेका थिए भने केहीले गीत गाएका थिए । यस्तै केहीले आफ्नो चित्रकला, कवितालगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।

ट्यालेन्ट शोमा मिस चितवनका संस्थापक आयोजक सुजन श्रेष्ठ, एनपीआई नर्सिङकी भाईस प्रिन्सिपल ऋतु घिमिरे र मोडल तथा युवा व्यवसायी सुशान्तसिंह ठकुरी निर्णायकको भूमिकामा रहेका थिए । आइतबारको ‘ट्यालेन्ट शो’ मा उत्कृष्ट हुनेले ‘मिस ट्यालेन्ट’ को उपाधि पाउने आयोजक नेपाल डाइरिजका निर्देशक अनिल घिमिरेले जानकारी दिए । ‘ट्यालेन्ट शो’ को नतिजा फाइनलको दिन सार्वजनिक गरिने र विजेतालाई पुरस्कार पनि त्यही दिन नै दिइने उनले बताए ।

प्रतियोगिताको फाइनल यही जेठ २४ गते नारायणी रिसोर्ट गैँडाकोटमा हुनेछ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार सुनील थापा फाइनलको मुख्य निर्णायक रहने घिमिरेले जानकारी दिए । फाइनलमा नेपाली चलचित्र क्षेत्र, स्वास्थ्य, शिक्षा, सौन्दर्य र साहित्य क्षेत्रका ख्यातीप्राप्त व्यक्तिहरु निर्णायकको भूमिकामा रहने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>