राजनीति

समाजवादी पार्टी, नेपालको पहिलो बैठक,यस्तो छ नियर्णय ?

Banner

काठमाण्डौ,बैशाख २८-

नवगठित समाजवादी पार्टी,नेपालका अध्यक्ष उपेन्द्र यादवले पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच अध्यक्ष यादवले केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सपथ गराउनुभएको हो । त्यसअघि उहाँले पार्टीका जेष्ठ सदस्य प्रेम कृष्ण पाठकबाट पद तथा गोपनियताको सपथ लिनुभएको थियो ।

सपथग्रहणपछि मंगलबार नै पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठक बसेको छ । बैठकले प्रक्रिया पूरा गरेर निर्वाचन आयोगमा दल दर्ता गर्ने र सबै प्रदेशमा जागरण सन्देश अभियान सञ्चालन गर्ने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टी मिलेर समाजवादी पाटी नेपाल बनेको हो । एकीकरणपछि संघीय परिषदका अध्यक्षमा डाक्टर बाबुराम भट्टराई हुनुहुन्छ भने पार्टी अध्यक्ष उपेन्द्र यादव । अध्यक्ष यादवले संघीय परिषदका अध्यक्ष डाक्टर भट्टराईलाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>