अन्तर्राष्ट्रिय

रोक लागेको मोदीको जीवनीमा आधारित फिल्म प्रदर्शनको नयाँ मिति तय

Banner

लोकसभा चुनावलाई लक्षित गरेर मतदान अगावै प्रदर्शन गर्ने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमाथि भारतमा एउटा फिल्म बनेको थियो, ‘पीएम नरेन्द्र मोदी’ । तर उक्त फिल्मले लोकसभा चुनाव प्रभावित पार्ने भन्दै विपक्षी भारतीय कांग्रेसलगायतका दलले विरोध जनाए ।

भारतीय जनता पार्टी (भाजपा) सम्बद्ध व्यक्तिहरुले निर्माण गरेको उक्त फिल्म हेर्ने मतदातालाई त्यसले प्रभावित पार्नसक्ने र त्यो निर्वाचन आचारसंहिताविपरीत हुने भन्दै भारतीय कांग्रेसले आपत्ति जनाएको थियो । लोकसभा चुनाव सुरु हुनुभन्दा एक दिनअघि मात्रै भारतको निर्वाचन आयोगले चुनावका बेला यस्ता फिल्मले माहौल बिगार्न सक्ने भन्दै प्रदर्शनमा रोक लगाएको थियो । फिल्म निर्माता पक्ष रोक फुकुवाको माग गर्दै सर्वोच्च अदालत पनि पुगे तर सर्वोच्चले पनि प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरिदियो ।

अब भने फिल्म निर्माता पक्षले प्रदर्शनका लागि नयाँ मिति तय गरेको छ । निर्माता सन्दिप सिंहले आगामी मे २४ गतेबाट फिल्म प्रदर्शन गरिने जनाएका छन् । लोकसभा चुनावको नतिजा मे २३ मा आउँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>