देश/प्रदेश
घटेन टिप्परको आतंक, नुवाकोटमा १ जनाको मृत्यु
०
नुवाकोट– नुवाकोटमा टिप्परको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
नुवाकोटको बट्टारबाट गगंटेतर्फ जाँदै गरेको ना३३प ३४६६ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको बा ५ ख २८९८ नम्बरको टिप्परले ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक विदुर नगरपालिका–२ का २३ वर्षका दिवाकर खनाल छन् । खनालको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रहेका मुन्ना गुप्ता घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
एकजनाको घटनास्थलमै मृत्य भएपछि आक्रोशित स्थानीयले ठक्कर दिने टिप्परमाथि अगजनी गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>