पत्रपत्रीका बिशेष

ट्राफिकलाई एक हजार घुस दिन खोज्ने गाडी चालक पक्राउ

Banner

काठमाडौं-ट्राफिकलाई घुस दिन खोज्ने सवारी चालक पक्राउ परेका छन् । काठमाडौंको त्रिपुरेश्वरमा सवारी चेकजाँचका क्रममा ट्राफिक प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने एकजना गाडी चालक पक्राउ परेका हुन् ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथलीको टोलीले चेकजाँचका क्रममा सवारीको कागजपत्रको साटो घुस दिन खोज्दा गाडी चालक पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बा २ ख ६१८६ नम्बर गाडी चालक धादिङका एकबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरी कारबाही पक्रिया अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>