अन्तर्राष्ट्रिय

मलेसियाका पूर्वप्रधानमन्त्री रजककी पत्नी पक्राउ

Banner

मलेसिया– मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी पत्नी रोसमाह मन्सुर पक्राउ परेकी छिन् । भ्रष्टाचारको आरोपमा उनली प्रहरीले पक्राउ गरेको हो । उनले ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा जडान गरिएको सोलार पावर आयोजनामा भ्रष्टाचार गरेको आरोप लागेको छ ।

अनुसन्धानमा सहजीकरणका लागि सोधपुछ गर्न बोलाइएको बेला त्यहीबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । उनलाई बुधबार नै क्वालालम्पुर अदालतमा उपस्थित गराइएको छ ।

रोसमाह तथा उनका पूर्व विशेष सहयोगीलाई गत वर्षको नोभेम्बरमा एक कम्पनीलाई चार करोड ४८ लाख अमेरिकी डलर बराबरको ठेक्का करार गरेबापत १५ प्रतिशत कमिसन मागेको आरोप लगाइएको थियो । रोसमाहलाई उक्त कम्पनीका निर्देशकबाट घुस लिएको समेत आरोप लागेको छ ।

सोलार पावर आयोजनाबारे आरोप लाग्नु पहिले पूर्वप्रधानमन्त्रीकी पत्नी रोसमाहमाथि १६ लाख अमेरिकी डलर बराबर सम्पत्तिको शुद्धीकरण तथा कर छलीबारेका विभिन्न १७ मुद्दामाथि छानबिन गरिसकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>