मनोरञ्जन

दीपक–रोहितको फिल्मको नाम ‘छ माया छपक्कै’

Banner

काठमाडौं – निर्माता दीपकराज गिरी र रोहित अधिकारीको टिमअपमा निर्माण हुन लागेको नयाँ फिल्मको नाम ‘छ माया छपक्कै’ राखिएको छ । निर्माण टिमले सामाजिक सञ्जालमार्फत नयाँ फिल्मको नाम सार्वजनिक गरेको हो ।

यो फिल्मको निर्देशन समीक्षक तथा निर्देशक दीपेन्द्र लामाले गर्नेछन् । उनका अनुसार फिल्मको छायांकन बैशाखबाट शुरु हुनेछ भने दशैँमा रिलिज हुनेछ । निर्माण टिमले केही दिनमा फिल्मका कलाकारसमेत घोषणा गर्ने बताएको छ । यो फिल्मलाई हरि गुमागाईंले छायांकन गर्नेछन् । यद्यपि अन्य प्राविधिक टिमका बारेमा खुलाइएको छैन ।

‘छक्का पञ्जा’ टिमले निर्माण गर्न लागेकाले दर्शकमाझ यो फिल्मको प्रतीक्षा छ । वर्ष २०७५ मा दीपक–दीपाले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ३’ बक्स अफिसमा सुपरहिट भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>