अन्तर्राष्ट्रिय

इरानको सैन्य दस्ता अमेरिकी आतंककारी समूहको सूचीमा

Banner

अमेरिका– अमेरिकाले इरानको इस्लामिक रिभलुसनरी गार्ड क्रप्स (आईआरजीसी)लाई अन्तर्राष्ट्रिय आतंककारी समूहको सूचीमा राखेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विज्ञप्ति जारी गर्दै आईआरजीसीसहित यसको कुद्स फोर्स नामक सैन्य दस्तालाई आतंककारी समूहको सूचीमा सूचीकृत गर्ने घोषणा गरेका हुन् ।

विज्ञप्तिमा इरान आतंकवादलाई प्रायोजन गर्ने मुलुकमात्र नभई इरानको सैन्य दस्ता आईआरजीसीले आर्थिक तथा अन्य रुपमा आतंकवादलाई सक्रिय रुपमा प्रोत्साहन गर्दै आइरहेको समेत उल्लेख छ । त्यसबाहेक आईआरजीसी इरानको आतंकवादलाई बढाउने अभियानमा आईआरजीसीले सक्रिय सहभागिता रहँदै आएको जनाइएको छ ।

अमेरिकाले कुनै अर्को मुलुकको सरकारी अंगलाई आतंककारी समूहको रुपमा सूचीकृत गरेको यो पहिलो पटक हो ।
आफ्नो प्रशासनको पछिल्लो कदमले इरानी सरकारको गतिविधि अन्य मुलुकका सरकारका गतिविधिभन्दा फरक रहेको स्पष्ट भएको विज्ञप्तिमा जनाइएको छ ।

यसले इरान सरकारलाई तीब्र रुपमा दबाब दिने भन्दै जो कोहीलाई पनि आईआरजीसीसँग कुनै प्रकारको कारोबार वा सहकार्य नगर्न समेत चेतावनी दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>