समाचार

गृह मन्त्रालयका २३ उपसचिवको सरुवा, ७ जिल्लाका सीडीओ फेरिए

Banner

काठमाडौं– गृह मन्त्रालयले आफू मातहतका कार्यालयअन्तर्गत कार्यरत २३ जना उपसचिव (राजपत्रांकित द्वितीय श्रेणी)का अधिकृतको सरुवा गरेको छ ।

गृह मन्त्रालयले सोमबार २३ जना उपसचिवको सरुवा गरेको हो । गृह मन्त्रालयले उपसचिवको सरुवा गरेसँगै केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पनि फेरिएका छन् ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय बाजुरा, भोजपुर, रसुवा, रामेछाप, संखुवासभा र दोलखाको प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । यस्तै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको कामु प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरिएको छ ।

गृह मन्त्रालयले बाजुराको प्रमुख जिल्ला अधिकारीमा गंगा प्रसाद न्यौपानेलाई खटाएको छ भने भोजपुरको सीडीओमा नुरहरी खतिवडाको सरुवा गरेको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय रसुवाको नयाँ सीडीओमा अर्जुन भण्डारी खटाइएका छन् भने रामेछापमा लिला कुमारी केसी (पाण्डे)को सरुवा भएको छ ।

संखुवासभाको प्रमुख जिल्ला अधिकारीमा जीवन प्रसाद दुलाल खटाइँदा दोलखाको सीडीओमा खगेन्द्र प्रसाद रिजाललाई सरुवा गरिएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका कामु प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीको गृह मन्त्रालयमा सरुवा हुँदा उनको ठाउँमा गृह मन्त्रालयबाट गोमादेवी चेम्जोङलाई खटाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>