पत्रपत्रीका बिशेष

औषधि पसलबाटै लागू औषध बिक्री, पोखरामा २ जना पक्राउ

Banner

काठमाडौं– औषधि बिक्री गर्ने फार्मेसी पसलबाट नियन्त्रित औषधि (लागू औषध) बिक्री हुने गरेको खुलेको छ ।

प्रहरीले पोखरा महानगरपालिका–७ स्थित सुभेच्छा फोर्मेसीबाट नियन्त्रित औषधि नियन्त्रणमा लिएपछि औषधि पसलबाट समेत लागू औषध बिक्री हुने गरेको खुलेको हो ।

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले विशेष सूचनाको आधारमा छापा मार्दा सुभेच्छा फार्मेसीबाट नियन्त्रित औषधि बरामद गरेको हो ।

ब्यूरोका अनुसार सुभेच्छा फार्मेसीबाट ट्रमाडोल २५ सय क्याप्सुल र एप्काडोल १ हजार ट्याब्लेज बरामद गरिएको छ ।

प्रहरीले नियन्त्रित औषधि बिक्री गर्ने ४० वर्षीया सुशीला पराजुली र खरिद गर्ने पोखरा–६ का २० वर्षी राजकुमार परियारलाई समेत पक्राउ गरेको छ । प्रहरीले परियारको साथबाट ट्रमाडोल १० ट्याबलेट बरामद गरेको छ ।

उनीहरुमाथि थप कारबाहीका लागि औषधि व्यवस्था विभाग काठमाडौंमा बुझाइएको प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>