चितवन विशेष

रंगशाला निर्माणको सहयोग जुटाउन धुर्मुसले बेच्न थाले सुन्तला र बदाम

Banner

चितवन,मंसिर २९-

चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणका लागि सहयोग जुटाउन धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले विभिन्न उपायहरु अपनाइरहेका छन् । कहिले सांस्कृतिक कार्यक्रम त कहिले खुत्रुके अभियान संचालन गरेका धुर्मुसले आज (आइतबार)देखि रंगशाला निर्माणस्थल परिसरमा ठेलामा राखेर सुुन्तला, स्याउ, बदाम, केरा, पानी लगाएत बेच्न थालेका छन् ।

रंगशाला अवलोकन गर्न आउनेहरुलाई लक्षित गरेर उनले रंगशाला ठेला पसलमा संचालन गरेको जानकारी दिए । उनले रंगशाला हेर्नका लागि दैनिक १ हजार अवलोनकर्ता आउने गरेको धुर्मुसले बताए । उनले ठेला पसलबाट हुने सम्पूर्ण आम्दानी रंगशाला निर्माणमा खर्च गरिने जानकारी दिए । अवलोकन कर्ताबाट लिइने २० रुपैंया शुल्क र ठेलाबाट हुने आम्दानीबाट केही श्रमिकको ज्याला पुराउने योजना रहेको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>