चितवन विशेष

भरतपुरको सप्तगण्डकी क्याम्पसका विद्यार्थीलाई साइबर अपराधबारे सचेतना

Banner

चितवन, कात्तिक ४-

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई चितवन प्रहरीले साइबर अपराधसम्बन्धी सचेतना दिएको छ ।

साइबर व्यूरोमा लामोसमय काम गरेका प्रहरी निरीक्षक सुन्दर चौलागाईले जिल्ला प्रहरी कार्यालयको हलमा शुक्रबार विद्यार्थीहरुलाई साइबर अपराधबारे सचेतना दिएका हुन् ।

सप्तगण्डकी बहुमुखी क्याम्पसका आमसञ्चार तथा पत्रकारिता विषयका सहायक प्राध्यापक मधुसूदन दवाडीले संयोजन गरेको कार्यक्रममा कक्षा ११ मा आमसञ्चार विषय पढ्ने २८ जना विद्यार्थी सहभागी रहेका थिए । कार्यक्रममा प्रहरी निरीक्षक चौलागाईले अहिले चितवनसहित देशभरका सबै अपराधका घटनाहरुमा प्रविधि जोडिने गरेको जानकारी दिए । उनले भने, ‘ समयअनुसार नेपालमा साइबर कानुन बन्न नसक्दा यससम्बन्धी अपराधका दोषीलाई कारबाही गर्न समस्या हुने गरेको छ । विश्वको जुनकुनै देशमा बसेर पनि साइबर अपराध गर्न सक्ने भएकोले यससम्बन्धी अनुसन्धानमा पनि समय लाग्ने गरेको छ ।’ परिवार, व्यक्ति र समाजलाई नै साइबर अपराधले आक्रान्त पारेकोले पनि अहिलेका किशोरकिशोरीहरुले सामाजिक सञ्जाल सञ्चालनमा विशेष सावधानी अपनाउनुपर्ने उनले बताए ।

साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम सकिए लगत्तै क्याम्पसका विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालयमा सीसीटीभी मोनिटर कक्ष र हिरासतबारे जानकारी लिएका थिए । कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुसँगै प्रहरी जवानहरुको पनि सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>