Breaking News

शिक्षामन्त्रीको राजीनामा माग गर्दै चितवनमा विरोध प्रर्दशन

Banner

चितवन, असार १६

कोठा भाडा लिने क्रममा सञ्चारकर्मी रूपा सुनारमाथि भएको जातीय विभेद गरेको भन्दै भरतपुरमा विरोध प्रर्दशन भएको छ । संयुक्त दलित संघर्ष समिति चितवनको आयोजना आज भरतपुरको चौविसकोटीमा विरोध प्रर्दशन गरेको हो ।

शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले जातिय विभेद गर्दै कोठा नदिने पीडकलाई छुटाएर विभेदको संरक्षण गरेको विरोध प्रदर्शन भएको थियो। पीडित पक्षलाई न्याय दिलाउने ठाउँमा सरकारवादी मुद्दामा सरकारका मन्त्रीबाट नै ढाकछोप गरेको विरूद्ध साथै अनुसन्धान एवं मुद्दा प्रक्रियामा हस्तक्षेप गरेको विरोध सभा पनि भएको थियो ।

सञ्चारकर्मी सुनारले असार १ गते कोठा खोज्न गएकी थिइन्। काठमाडौं बबरमहलकी घरधनी सरस्वती प्रधानले जात थाहा पाएपछि कोठा नदिएको भन्दै महानगरीय वृत्त अनामनगरमा असार ३ गते जाहेरी दिएको थिइन । प्रहरीले आरोपितलाई पक्राउ गर्न ४ असारमै पक्राउ पुर्जी लिएको थियो । तर, ६ असारमा मात्रै घरधनी प्रधानलाई पक्राउ गरी मुद्दाको प्रक्रिया अघि बढाएको थियो । अनुसन्धानको क्रममा रहेको मुद्दामा शिक्षामन्त्री श्रेष्ठले ८ असारमा प्रहरी वृत्तमै पुगेर पीडक प्रधानलाई रिहा गराएका थिए ।

यसरी राज्यशक्तिको दुरुपयोग गरेको भन्दै चितवनका दलित अधिकारकर्मीहरु विरोध गरेका हुन् । सञ्चारकर्मी रूपा सुनारलाई न्याय देऊ, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ राजीनामा दे, जातीय विभेद गर्नेलाई संरक्षण गर्ने शिक्षा मन्त्रीलाई कारवाही गर, जात व्यवस्थामा आधारित राज्य संरचना अन्त्य गर लगायतका नारासहित प्रदर्शन भएको थियो।

नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय कार्यालय सदस्य खेम दर्जीले जातीय विभेद र छुवाछुतको मुद्दामा पीडकको संरक्षण गर्ने मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरेका थिए । दर्जीले सरकार पक्षबाट दलित समुदायमाथि यस्ता किसिमका दमनहरू भएमा आफूहरू हतियार उठाउन बाध्य हुने समेत चेतावनी दिए ।

नेपाल दलित संघका केन्द्रीय सदस्य विपिन रामुदामुले दलित समुदायमाथि भएको यस्तो विभेद खेदजनक रहेको बताए । उनले सरकारकै खोल ओडेका बहालवाला मन्त्रीले गरेको हर्कतहरु क्षमा लायकको नरहेको समेत दाबी गरेका थिए । उनले मन्त्री श्रेष्ठले दलित समुदायहरूप्रति माफी माग्दै नैतिकताको हिसाबमा राजीनामा समेत दिनुपर्ने बताएका हुन् ।

त्यस्तै नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवनका अध्यक्ष विजयकुमार विश्वकर्माले जातीय विभेदकारी सबै घटनाका दोषीलाई कानुनी कारबाहीको माग गरेका छन्। सरकारको शिक्षामन्त्रीबाटै यस्तो हर्कत हुनु भनेको सम्पूर्ण दलित आन्दोलन र दलित समुदायलाई जिस्क्याउन खोजेको उनले आरोप लगाए विरोध सभाका अध्यक्षता समेत रहेका नेपाल दलित मुक्ति मोर्चा चितवन अध्यक्ष देवीराम विश्वकर्माले यो विरोध सभा साङ्केतिक विरोध सभा भएको बताए । मन्त्री श्रेष्ठले राजीनामा नदिए ठूलो आन्दोलनको आँधीबेरी समेत आउने बताए उनले दाबी गरे ।

सभामा नेकपा एमालेका नेता कृष्णराज लब्ली, नेकपा माओवादी केन्द्रका नेता द्रोणबाबु शिवाकोटी, अखिल महिला संघ क्रान्तिकारी चितवनकी अध्यक्ष संगिता भट्टराई, मानवअधिकारकर्मी यमबहादुर विश्वकर्मा, दलित अधिकारकर्मी टुलकप्रसाद विश्वकर्माले घटनाको विरोध गर्दै ऐक्यबद्धता मूलक आफ्नो धारणाहरू राखेका थिए ।

नेपाल दलित मुक्ति मोर्चा, नेपाल उत्पीडित जातीय मुक्ति समाज, समाजवादी दलित मुक्ति महासंघ, विश्वकर्मा सेवा समिति, विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जाल केन्द्रीय कार्यालय चितवन, मिजार सेवा समिति, परियार सेवा समाज, विश्वकर्मा सेवा समिति भरतपुर १४, दलित नागरिक समाज, धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च चितवन, दलित युवा जागरण मञ्च नेपाल, संयुक्त दलित संघर्ष समिति र राष्ट्रिय दलित पत्रकार संघ नेपाल चितवनले समेत ऐक्यबद्धता जनाएका थिए ।

शिक्षामन्त्रीले श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष आज गल्ती महसुस भएको बताएका थिए । श्रेष्ठलाई आयोगले आयोगको कार्यालयमा बोलाएर स्पष्टीकरण मागेको थियो । आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>