चितवन विशेष

चितवनका साहारा पीडितले बुझाए सांसद परियारलाई ज्ञापनपत्र

Banner

चितवन,बैशाख ०९-
साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाबाट पीडित भएका बचत कर्ताले नेपाली कांग्रेस चितवनकी प्रतिनिधि सभा सदस्य शान्ति परियारलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् । आज नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेर उनीहरुले परियारलाई ज्ञापनपत्र बुझाएका हुन् ।

चितवन दुईबाट निर्वाचित सांसद समेत रहेका गृहमन्त्री रवि लामिछानेसंग बचतकर्ताले यसअघि पनि अन्तरक्रिया कार्यक्रम गरेका थिए । उनीहरुले पैसा आफ्नो डुवेको पैसा उठाइदिन भन्दै प्रधानमन्त्री, पुर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओलि, माधवकुमार नेपाल लगयातका नेताहरुसंग ज्ञापन पत्र बुझाएका छन् । तर पछिल्लो समय सहकारीसंग सत्ता साटिएको भन्दै बचतकर्ता शसंकित हुन पुगेका छन् । यस सहकारीसंग गृहमन्त्री लामिछानेसमेत जोडिएका छन् । यस सहकारीका सञ्चालक गितेन्द्रबहादुर राई (जिबि) बचतकर्ताको रकम हिनामिना गरी फरार छन् ।

उनीमाथी ८५ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ । चितवनका बचतकर्ताको ४१ करोड हाराहारीमा पैसा डुबेको चितवन प्रहरीले जानकारी दिएको छ । यहाँ एउटै व्यक्तिको साढे तीन करोडसम्म डुबेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>