प्रवास

अस्ट्रेलियामा एकै बर्षमा १२ हजार नेपालीले पाए पीआर

Banner

काठमाडौं,बैशाख ९

अस्ट्रेलियामा सन् २०२२/२३ मा १२ हजार ४१ नेपालीले स्थायी बसोबास अनुमति पाएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार योसँगै सन् २०२२ को जुन मसान्तसम्म अस्ट्रेलियामा स्थायी बसोबास अनुमति पाउने नेपाली संख्या १ लाख ५१ हजार १ सय ४० पुगेको छ । २०१२ जुन मसान्तसम्म यो संख्या केवल ३० हजार ७ सय ३० थियो । १० वर्षमा अस्ट्रेलियामा पीआर पाउनेको संख्या झन्डै पाँच गुणा बढेको छ ।

पछिल्लो वर्ष सबैभन्दा बढी रिजनल एरियामा गएर ४ हजार ३ सय ८० नेपालीले पीआर पाएका छन् भने ५ हजार आसपासले व्यावसायिक लगानी र इनोभेसनअन्तर्गत भिसा पाएका छन् । त्यस्तै, रोजगारदाता स्पोन्सरबाट ७ सय ६१, सिपयुक्त आत्मनिर्भर क्याटागोरीमा २ हजार ७ सय ६३, स्टेट र टेरिटोरी नोमिनेसनबाट ३ हजार ३ सय ६७, ग्लोबल ट्यालेन्टअन्तर्गत २६, सहकर्मीमार्फत ६ सय ७५ र विविधमा ६९ नेपालीले उक्त वर्ष पीआर पाएका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>