अन्तर्राष्ट्रिय

‘वर्ल्ड प्रेस फोटो अफ द इयर’ अवार्ड जित्ने गाजाको फोटोको कथा

Banner

 वैशाख ८-

यो एक धेरै प्रभावशाली तर दुखद क्षण थियो। यो भनाई हो प्यालेस्टाइनी फोटोग्राफर मोहम्मद सलिमको, जसको फोटो वर्ल्ड प्रेस फोटो २०२४ प्रतिस्पर्धामा फोटो अफ द इयर चुनिएको छ ।यस प्रतिस्पर्धामा १३० देशका करिब ४ हजार फोटोग्राफरले ६१ हजार फोटो पठाएका थिए, जसमध्ये मोहम्मद सलिमको तस्बिरलाई विश्व प्रेस फोटो संगठनले सम्मानका लागि छनोट गरेको छ ।

सलिमको यो तस्बिरमा एउटी महिलाले हातमा कात्रोले बेरिएको बच्चालाई समातेकी छिन् । हमासले गत वर्ष अक्टोबरमा इजरायलमाथि आक्रमण गरेको ठिक एक हप्तापछि सलिमको फोटो खिचिएको हो ।

त्यतिबेला गाजा पट्टीमा इजरायली आक्रमण सुरु भइसकेको थियो । यो घटना खान युनिसमा भएको थियो, जहाँ धेरै प्यालेस्टिनी परिवारहरू इजरायली बमबारीबाट बच्न गाजापट्टीमा शरण लिने प्रयास गरिरहेका थिए।

तस्बिरमा को को छन् ?
युद्धको सुरुवातमा इजरायलले गाजाका जनतालाई दक्षिणतर्फ सर्न आदेश दिएको थियो । यद्यपि, अक्टोबरको मध्यमा इजरायलले गाजा पट्टीका केही दक्षिणी भागमा पनि बमबारी गरेको थियो, जसमा खान युनिस पनि समावेश थियो।

यसैबीच अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका फोटोग्राफरहरू नासिर अस्पतालको शवगृहमा पुगेका थिए । प्यालेस्टिनीहरूले इजरायली बमबारीपछि हराइरहेका आफ्ना आफन्तहरूको खोजी गरिरहेका थिए।

मोहम्मद सलिमले इनस अबु मामरलाई कात्रोमा बेरेर राखेकी बच्चालाई समातेर रोइरहेको देखे। त्यो शव उनको पाँच वर्षीया भतिजी थियो, जसको खान युनिसमा रहेको घरमा इजरायलले बम बारी गरेको थियो। त्यसपछि तत्काल इनस आफ्ना आफन्तको अवस्था बुझ्न अस्पताल पुगिन् ।

आक्रमणमा परी बालिकाकी आमा र परिवारका अन्य दुई सदस्यको मृत्यु भएको थियो । रोयटर्सका अनुसार उनी इनसको सबैभन्दा प्यारी भतिजी थिइन् र उनको फोनमा उनकी भतिजीको तस्बिरमा फेला परेको थियो।

यसपछि इन्स अस्पतालको शवगृहतर्फ गइन्, जहाँ उनले आफ्नो भान्जीको शव भेट्टाइन् । ुजब मैले बच्चालाई देखेँ र उसलाई आफ्नो हातमा लिएँ, म बेहोस भएँ, उनले रोयटर्ससँग भनिन्।

रोयटर्सका अनुसार उनी इनसकी सबैभन्दा प्यारी भतिजी थिइन् र उनको फोन उनकी भान्जीको फोटो र भिडियोले भरिएको थियो।

बालिकाका भाइ अहमद जो चार वर्षका थिए । उनी भने आक्रमणबाट बाँच्न सफल भएका थिए । आक्रमणको समयमा उनी घरमा थिएनन् । अहमद अहिले इनससँग बस्छन्।

फोटोग्राफर
त्यस क्षणलाई कैद गर्ने फोटोग्राफरले भने, ‘यो एक प्रभावशाली र दुखद क्षण थियो जसले गाजा पट्टीको पीडादायी कथा बताउँछ ।’ केही दिनअघि मात्र आफ्नो श्रीमतीले बच्चा जन्माएकाले यो निकै संवेदनशील समय भएको उनले बताए ।

सन् १९८५ मा जन्मेका मोहम्मद सलिम गाजा पट्टीमा बस्ने प्यालेस्टाइनी फोटोग्राफर हुन् । उनले गाजा विश्वविद्यालयबाट मिडियाको अध्ययन गरेका छन् ।

सलिमसन् २००३ देखि रोयटर्सका लागि प्यालेस्टाइन–इजरायल द्वन्द्वमा काम गरिरहेका छन् । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार विगत सात महिनामा हमास–इजरायल युद्धका क्रममा गाजा पट्टीमा करिब ३४ हजार व्यक्तिको मृत्यु भएको छ । एजेन्सी बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>