चितवन विशेष

चितवनमा रहेका रुग्ण उद्योगको पुर्नउत्थान गर्न सरकारलाई आग्रह

Banner

चितवन, वैशाख ८-

चितवनमा रहेका रुग्ण उद्योगको पुर्नउत्थानका लागि उद्योग वाणिज्य संघ चितवनले सरकारसँग आग्रह गरेको छ ।

उद्योग वाणिज्य संघ–चितवनले शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई सो आग्रह गरेको हो ।

कार्यक्रममा मन्त्री भण्डारीलाई स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले देशको विकासमा उद्यमी व्यवसायीको भूमिका महत्वपूर्ण रहने बताउँदै आर्थिक समृद्धि र देशको व्यापार घाटा न्यूनीकरणका लागि सरकारले व्यवसायमैत्री निति नियम बनाउनुपर्ने बताएका थिए । उनले सरकारी क्षेत्रबाट उद्योग तथा व्यापार अनुगमन गर्दा निजी क्षेत्रलाई पनि सामेल बनाउनुपर्ने माग राखेका छन् । उनले भरपुर भ्रमण वर्ष–२०२४ लाई सफल पार्न कार्यक्रमहरु भरतपुर ल्याउन मन्त्री भण्डारीसँग आग्रह गर्दै उनले चितवनमा रहेका रुग्ण उद्योगको पुर्नउत्थान गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले भरतपुर भ्रमण वर्ष सफलताको शुभकामना व्यक्त गर्दै दिगो सरकार नभएकाले उद्योगी व्यवसायीको पुर्नउत्थान हुन नसकेको बताएका छन् । उनले उद्योगी व्यवसायीसँग सम्बन्धित नीति नियमहरु निजी क्षेत्रको प्रतिनिधित्व बिना संशोधन नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आयातित कर्चा पदार्थबाट उत्पादित वस्तुले विश्व बजारमा प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै उनले कच्चा पदार्थ देशकै स्रोतसाधनलाई प्रयोगमा ल्याई उद्योगहरुको पुर्नउत्थान गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

संघको सचिवालयमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायीले आफ्ना समस्या समाधानार्थ नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारी सामु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्ष कल्याण जोशीले उद्योग व्यवसाय र नविकरणमा एकद्धार प्रणाली लागू गरी कायम गर्न माननीय मन्त्रीको ध्यानर्कषण गराएका छन् । उनले उद्योगहरुमा काम गर्ने कर्मचारी नपाउने अवस्था सृजना भएकोले यूवालाई देशमा बस्ने वातावरण सृजना गर्नुपर्ने बताए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले यस अन्तरक्रिया कार्यक्रमले उद्योगी व्यवसायीको पीडालाई सम्बोधन हुने विश्वास लिएको बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रचण्डलाल प्रधान, निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय राजेन्द्र ओली र नारायण प्रधान, संघका कार्यसमिति, भरतपुर महागरपालिका वडा नं ३ का वडा अध्यक्ष विकास थापा,उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीको उपस्थिति रहेको थियो । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>