राजनीति

नेपालको अर्थतन्त्र लयमा छैन: पूर्वअर्थमन्त्री पाण्डे

Banner

काठमाडौं, वैशाख ८-

नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको अर्थतन्त्र लयमा नरहेको बताएका छन् । नेकपा (एमाले) धादिङ–काठमाडौं सम्पर्क मञ्चले स्वयम्भुमा आज आयोजना गरेको कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले यस्तो बताएका हुन्। बजार अर्थतन्त्रको रुपमा रहेको जनसंख्या वृद्धिदर घट्नु र युवाजनशक्ति पलायन हुनुले अर्थतन्त्रमा ठूलो असर पार्ने उनको भनाइ छ ।

जनसंख्या कम भएपछि बजारको आकार स्वाभाविक रुपले खुम्चने भन्दै उपाध्यक्ष पाण्डेले वस्तु तथा सेवाको लागि बजार अनिवार्य रहेको र बजारका लागि जनसंख्याले अर्थ राख्ने बताए । उनले बजार कम हुँदा अर्थतन्त्रमा पनि संकुचन आउने बताए ।

प्रविधिको विकाससँगै उपलब्ध रोजगारीमा कटौती भएकाले श्रम बजारमा पनि जनशक्तिको ठाउँ मेसिन तथा प्रविधिले लिँदै गएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>