समाचार
राजेन्द्र लिङ्देनलाई बालेनले तोके जरिवाना
०
काठमाडौं, वैशाख ८-
बालेन शाह मेयर रहेको काठमाडौँ महानगरपालिकाले राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ५ हजार २२२ रुपैयाँ ८१ पैसा जरिवाना बैंक दाखिला गर्न पत्र पठाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम ट्राफिक आइल्याण्डमा पुगेको क्षतिको मर्मत गर्न २२२ रुपैयाँ ८१ पैसा र आन्दोलनका क्रममा जताततै फोहर गरेकोले फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३९ (१) बमोजिम ५ हजार रुपैयाँ जरिवाना तोकिएको पत्रमा उल्लेख छ ।
पत्रमा क्षतिपूर्ति र जरिवानाबापतको रकम बैंक दाखिला गर्न खाता नं. उपलब्ध गराइएको महानगरपालिकाले जनाएको छ ।
पार्टीले चैत २७ गते भृकुटीमण्डप केन्द्रित आन्दोलनको कार्यक्रम गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>