समाचार

६० किलो सुन प्रकरणमा पक्राउ परेका पुनलाई धरौटीमा छाड्ने आदेशसँगै काठमाडौं ल्याउने तयारी

Banner

काठमाडौं, वैशाख ७-

सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं ल्याउने तयारी गरेको छ ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुनलाई रुपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको एकल इजलासले चार लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ ।

अदालतको आदेशसँगै सीआईबीले पुनलाई सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न काठमाडौं ल्याउने तयारी गरेको हो । सीआईबीले तीन दिनअघि नै जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पत्राचार गरिसकेको थियो । सुन तस्करी जाँचबुझ आयोगले पुनमाथि समेत अनुसन्धान गर्नुपर्ने प्रतिवेदन दिएपछि उनीमाथि सीआईबीले अनुसन्धान गर्न लागेको हो ।

गएको साउनमा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा उनको भूमिका समेत शंकास्पद देखिएपछि सीआईबीले कागज गरेर उनलाई छोडेको थियो ।

रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउने आदेश दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>