खेलकुद
नेपालले सातौँ विकेट गुमायो, दुई रन बनाउँदै आउट भए सोमपाल
०
काठमाडौँ,वैशाख ७-
ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो सातौँ विकेट गुमाएको छ । नेपालले सातौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको हो ।
सोमपाल तीन बलमा दुई रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई यूएईका बलर बासिल हमिदले मुहम्मद फारुकद्वारा क्याच गराएका हुन् ।
१५.३ ओभरमा उनी आउट हुँदा नेपालले ८९ रन बनाएको छ । यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>