समाचार

गोठमा आगलागी हुँदा एकजनाको मृत्यु

Banner

दाङ, वैशाख ७-

दाङको लमहीमा गोठमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका–९ तरूलियाका अन्दाजी ७० वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक राम बहादुर केसीका अनुसार विहीबार साँझ करिब ६ः१५ बजेतिर वनमा लागेको डढेलोको झिल्कोका कारण बोटे र उनका दाई जित बहादुर बोटेको फुसले छाएको एकतले घरमा आगलागी भएको हो।

घरमा आगालागी हुँदा बोटे घरभित्रै रहेको र ज्यान जोगाउन नसकेका कारण मृत्यु भएको केसीले बताए।

आगलागीका कारण कबिर ४ लाख ५० हजार बराबरको क्षति भएको पनि उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>