समाचार
भरतपुर महानगरपालिकाको कक्षा ८ को नतिजा सार्वजनिक, ८४ प्रतिशत विद्यार्थी उर्तिण
०
चितवन, बैशाख ०६-
भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाबाट शैक्षिक सत्र २०८०को आधारभूत शिक्षा परीक्षा (कक्षा ८) को नतिजा प्रकाशित भएको छ। आधारभूत शिक्षा परीक्षा समितिको आज बसेको बैठक पछि आज(बिहिबार) साँझ नतिजा सार्वजनिक गरिएको हो।
परीक्षामा ६ हजार ८ सय ६४ जना परीक्षार्थी सहभागी भएकामा ५ हजार ७ सय ६२ जना जना विद्यार्थी कक्षा ९ मा अध्ययन गर्न योग्य (उत्तीर्ण) भएका छन। सहभागी परीक्षार्थीहरु मध्ये ८३ दशमलव ९४ प्रतिशत विद्यार्थी उर्तिण भएका छन् । दुई विषय सम्म न्यूनतम ग्रेड प्वाइन्ट १ दशमलव६ अथार्त डि प्राप्त गर्न नसकेका परीक्षार्थीहरुका लागि बैशाख २१ गतेदेखि २३ गतेसम्म सम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने शैक्षिक प्रशासन महाशाखाले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>