चितवन विशेष

चितवनमा तने बोडीमा २९ प्रतिशतसम्म विषादी

Banner

चितवन, वैशाख ६–

चितवनमा तने बोडीमा सबैभन्दा धेरै २९ प्रतिशतसम्म विषादी भेटिएको छ ।

भरतपुरमा रहेको विषादी परीक्षण प्रयोगशालामा गरिएको जाँचमा तरकारीमा सबैभन्दा धेरै विषादी तने बोडीमा पाइएको हो ।

प्रयोगशालाका प्राविधिक सहायक नवराज पण्डितले बिगत एक हप्तादेखि गरिएका परीक्षणमा पछिल्लो समयमा तने बोडीमा सबैभन्दा धेरै २९ प्रतिशत विषादी पाइएको बताए । ३५ देखि ४५ प्रतिशत सम्म विषादी भएमा तरकारी क्वारेन्टिनमा राख्नुपर्ने हुन्छ भने ४५ प्रतिशतभन्दा माथि विषादी भएमा त्यस्तो तरकारी नष्ट गर्नुपर्ने हुन्छ ।

प्राविधिक सहायक पण्डितले भारतबाट आएको तरकारीको विषादी परीक्षण गर्न नपाइने बताए । उनले भने, ‘ भारतबाट आएको तरकारीको विषादी परीक्षण गर्न पाइँदैन । हाटबजारको बोडी खाएर बिरामी भए भन्ने समाचार सुनेको हो । हाटबजारको तरकारी पनि परीक्षण गरिएको हुँदैन । ’ प्रयोगशालामा क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारबाट नमुना लिएर परीक्षण गरिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>