अपराध

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा चितवनकी एक महिला पक्राउ

Banner

चितवन, वैशाख ५-

बालिकालाई बेश्यावृत्तिमा लगाएको आरोपमा चितवनकी एक महिला पक्राउ परेकी छन् ।

काठमाडौंको चावहिलमा फ्रेन्डशिप ब्यूटी एण्ड स्पा सञ्चालन गर्दै आएकी ओमकुमारी पुनलाई वेश्यावृत्तिको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

चितवनको वीरेन्द्रनगरमा घर भएकी ४३ वर्षीय उनले  नाबालिकालाई रातिको समयमा ग्राहकको अनुरोधमा विभिन्न होटल तथा गेस्ट हाउसहरूमा वेश्यावृत्तिमा पठाउने गरेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको छ ।

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पुनसँगै झापाकी पूजा लोपे पनि पक्राउ परेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर भएका चितवनसहित विभिन्न जिल्लाका बालिकाहरूलाई रेस्टुरेन्ट तथा स्पा लगायतमा आकर्षक तलब सुविधा हुने काममा लगाइदिने प्रलोभनसहित वेश्यावृत्तिमा लगाउने गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । पुनले नाबालिकालाई रातिको समयमा पठाओ प्रयोग गरी होटलमा वेश्यावृत्तिको लागि पठाउने गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>