Breaking News

एसीसी प्रिमियर कप: नेपाल साउदी अरेबियाविरुद्ध ६ विकेटले विजयी

Banner

काठमाडौं,वैशाख ५-

ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ । साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक ३२ रन जोडे । कप्तान रोहित पौडेल १६, दीपेन्द्रसिंह ऐरी १७, आसिफ शेख २, कुशल मल्ल २ र कुशल भुर्तेल शुन्य रनमा आउट भए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेट गुमाएर ७३ रन बनाएको थियो ।

साउदी अरेबियाका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा नेपालका करण केसी र अभिनास बोहराले दुईदुई, प्रतिश जिसी र ललित राजवंशीले एकएक विकेट लिए ।

वर्षाका कारण तोकिएको समयमा खेल हुन नसकेपछि ओभर छोट्याएर खेल खेलाइएको थियो । यससंगै नेपालले समूह चरणमा शतप्रतिशत जित निकालेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>