चितवन विशेष

चितवनमा तुलसी पण्डितको बालकथा सङ्ग्रह ‘एलियनलाई प्रश्न’ सार्वजनिक

Banner

चितवन, वैशाख ४-

चितवनका सेवा निवृत्त शिक्षक तुलसी पण्डितको बालकथा सङ्ग्रह ‘एलियनलाई प्रश्न’ प्रकाशित भएको छ ।

पुस्तकको साहित्यिक संस्था नवसाहित्य मञ्जरीले एक औपचारिक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरेको हो ।

भरतपुर महानगरपालिका–१३ चम्पानगरका कथाकार पण्डितले बालबालिकालाई साहित्यमा रुचि बढाउने उद्देश्यसहित बालकथा सङ्ग्रह प्रकाशन गरेको बताएका छन् ।

१८ वटा कथा रहेको पुस्तकमा शब्दसँगै चित्रहरू बगेका छन् । पण्डितको पुस्तकमा सफल, उड्ने जहाज, जिल्ल, नक्कल एलियनको प्रश्न, सिबे, पलायन, मेहेनतको फल, अन्तरिक्ष, आहा, क्या मिठास, गुरु, भाग्य, कानको मुन्द्री, सम्मान, खुत्रुके, प्रेरणा, प्रहरी नायब निरीक्षक र ज्वाला शिर्षकका कथाहरु छन् ।

कथा सङ्ग्रहमा बालबालिकाले सुनेका, देखेका र बोध गरेका विषयलाई सरल ढंगले प्रस्तुत गरिएको कथाकार पण्डितले बताए । उनका अनुसार कथाहरुमा आदर्श, इमानदारी, कर्तव्य, नैतिकता, सदाचार, सुन्दरता जस्ता असल पक्ष समावेश गर्दै बालबालिकाका कल्पना, साहस र सफलता समेटिएका छन् ।

साहित्यकार तुलसी पण्डितको यस अघि तीजको सौगात (गीत सङ्ग्रह), तुलसी रस (कवितासङ्ग्रह), लोकगीत मञ्जरी (गीति कवितासङ्ग्रह), तुलसीपत्र (कवितासङ्ग्रह), पसिनाको फूल (सामाजिक उपन्यास) र तरङ्ग –गीति कवितासङ्ग्रह ) प्रकाशित भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>