चितवन विशेष

नयाँ वर्षमा चितवनका समालोचक रमेश प्रभातको पाँचौ कृति ‘निसमालोचना’ आउँदै

Banner

चितवन, चैत २५-

चितवनका गजलकार तथा समालोचक रमेश प्रभातको पाँचौं कृति ‘निसमालोचना’ सार्वजनिक गरिने भएको छ ।

प्रभातको जीवनसंगिनी रेखा श्रेष्ठले प्रकाशन गरेको समालोचनामा आधारित यो कृति नेपाली नयाँ वर्ष २०८१ को अवसरमा सार्वजनिक गरिन लागेको हो ।
१३२ पृष्ठको यो कृतिमा विभिन्न कविता, गीत र विविद्य विषयमा २७ वटा समालोचना समावेश गरिएको छ । ३०० रुपैयाँ मूल्य राखिएको कृतिले समालोचना क्षेत्रमा पाठक बढाउने अभिप्राय राखिएको छ ।

तनहुँको पुरकोटमा २०२९ सालमा जन्मिएका रमेश प्रभात चितवनका प्रखर कवि, समालोचक तथा गजलकार हुन् । विसं २०४४ सालबाट कविता लेखनबाट आफ्नो साहित्यिक यात्रा सुरु गरेका प्रभातको २०५४ सालमा ‘सत्तालिप्सा’ हाइकु सङ्ग्रह, २०५७ सालमा ‘शब्दहरु अविराम यात्रामा’ संयुृक्त कविता सङ्ग्रह र २०६१ सालमा ‘प्रायश्चित’ बालकथा सङ्ग्रह प्रकाशित भइसकेका छन् । वीरेन्द्र बहुमुखी क्याम्पसका नेपाली विषयका उपप्राध्यापक प्रभात चितवन साहित्य परिषद् , साहित्य संगम, अभिव्यञ्जना साहित्य प्रतिष्ठान, गजल मञ्च र नेवा समाज गरी आधा दर्जन बढी साहित्यिक संघसंस्थामा आवद्ध छन् । भरतपुर मंगलपुरका स्थायी निवासी प्रभातको वास्तविक नाम रमेशकुमार श्रेष्ठ हो । उनले झण्डै आधादर्जन सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>