इच्छकामना

जनतासंग एमाले अभियानः इच्छाकामनाका टोलटोलमा कार्यक्रम

Banner

चितवन,चैत १७-

नेकपा एमाले (चितवन)ले जनतासंग एमाले अभियानलाई तीब्र पारेको छ । अभियान अन्तर्गत शुक्रबार इच्छाकामना गाउँपालिका २ मा कार्यक्रम गरिएको छ । संविधानसभा सदस्य कृष्णभक्त पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चार वटा टोल कमिटी गठन भएको छ ।

सो अवसरमा बोल्दै पोखरेलले एमाले सत्तामा हुँदा पनि र नहुँदा पनि निरन्तर जनताको घरदैलोमा रहेको बताउनुभयो । उहाँले एमालेको नेतृत्वमा इच्छाकामनामा ठूला योजना निर्माण भएको भन्दै आगामि दिनमा पनि थप योजनाहरु इच्छाकामनालाई प्राथमिकतामा राखेर ल्याइने बताउनुभयो । शक्तिखोर फिस्लिङ सडक र इच्छाकामनाका अधिकांस क्षेत्रको विद्युतिकरणको काम पोरखेल सांसद भएको समयमा सुरु भएको थियो । सडकले इच्छाकामनाका नागरिकको जीवनमा परिवर्तन ल्याएको छ भने विद्युतिकरणको काम अन्तिम चरणमा पुगेको छ ।

कार्यक्रममा एमाले नेता गोपी श्रेष्ठ,इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ,वडाध्यक्ष पन्चबहादुर चेपाङ लगायतको उपस्थिति रहेको थियो । अभियानकै क्रममा चट्याङ लागेर घरमा क्षति भएका चन्द्र बहादुर चेपाङलाई राहात समेत प्रदान गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>