चितवन विशेष

उत्तरपुस्तिका हराएपछि वीरेन्द्र क्याम्पसद्वारा पुनः परीक्षाको तालिका सार्वजनिक

Banner

चितवन, चैत १५-

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको उत्तर पुस्तिका हराएपछि भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसले पुनः परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

क्याम्पसले आज सूचना जारी गर्दै चार वर्षे बीए पहिलो वर्ष जनसंख्या विषयको पुन परीक्षाको तालिका  सार्वजनिक गरेको हो । क्याम्पसले चैत २१ गते बिहान ७ बजेबाट १० बजेसम्म परीक्षा लिने जनाएको छ । क्याम्पसले परीक्षा नियन्त्रण कार्यालय बल्खुको निर्देशन अनुसार विद्यार्थीहरुलाई क्याम्पसमा सम्पर्क गर्न अनुरोध गरिएको छ । सो विषयको परीक्षा गत वर्ष वैशाखमा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>