कर्णाली

कर्णालीको नेतृत्व आफैँले पाउनेमा माओवादी आशावादी, दबाब बढाउँदै एमाले

Banner

सुर्खेत, चैत ३-

केन्द्रमा बदलिएको समीकरणसँगै कर्णाली सरकारबाट कांग्रेस बाहिरिएको १० दिन बितिसकेको छ । तर, सरकार पुनर्गठनबारे भने दलहरू अग्रसर भएका छैनन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही बुधबारको प्रदेशसभा बैठकमा आफूहरूले मार्ग प्रशस्त गर्दा पनि अहिलेसम्म सरकार पुनर्गठन गर्न नसक्ने भन्दै आक्रोशित बने । ‘तपाईंहरूलाई सजिलो होस् भनेर हामीले केन्द्रमा समीकरण बदलिएको पछिल्लो दिन मार्ग प्रशस्त गरिदियौँ । दुई हप्ता पुग्न लाग्यो, अहिलेसम्म सरकार नै गठन गर्न नसक्ने,’ शाहीले भने, ‘देउती बज्यैले चाँडो सरकार गठन गर्ने बुद्धि देओस् ।’

शाहीले भनेजस्तै मन्त्रीहरू नियुक्त नगर्दा सरकारको काम कारबाहीमा प्रत्यक्ष असर परिरहेको छ । मुख्यमन्त्री राजकुमार शर्मा आफैँले तीन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । यति हुँदाहुँदै पनि सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा प्रदेश तहका नेताहरू बिच कुनै छलफल भएको देखिन्न ।

एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाई सरकारको नेतृत्वबारे दुई मुख्य दलको दाबीले यो विषय पेचिलो बनेको बताउँछन् । ‘मन्त्रीहरू मात्रै नियुक्त गर्ने विषय भएको भए अहिलेसम्म टुङ्गो लागिसक्थ्यो,’ उनी भन्छन्, ‘नेतृत्वको विषयमा केन्द्रीय गठबन्धनले नै निकास दिने भएकाले तल छलफल हुन नसकेको हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>