विचित्र संसार

फेला पर्‍यो ५ हजार वर्षअघि प्रयोग भएको विश्वकै पूरानो लिपस्टिक

Banner

काठमाडौं, चैत १-

करिब ५ हजार वर्ष अघि प्रयोग गरिएको विश्वकै पूरानो लिपस्टिक फेला परेको छ । खोजकर्ताहरुले दक्षिणी इरानमा गाढा रातो रङको उक्त लिपिस्टिक फेला पारेका हुन् ।

ढुंगाको बोतलभित्र रहेको उक्त लिपिस्टिक सन् २००१ मा एक प्राचीन चिहान उत्खननका क्रममा फेला परेको थियो । तर अनुसन्धानकर्ताहरुले हालैमात्र उक्त वस्तुको पहिचान गर्दै त्यो हालसम्मकै पूरानो लिपिस्टिक भएको पुष्टि गरेका हुन् ।

शोधकर्ताहरुका अनुसार आधुनिक लिपस्टिकभन्दा फरक उक्त प्राचीन लिपिस्टिक लगाउन ब्रसको प्रयोग गरिन्थ्यो ।उक्त लिपस्टिकको अन्वेषणले तिव्ररुपमा परिवर्तन भैरहेको कास्ययुगमा महिला आकर्षणको सार्वजनिक छवीका विषयमा प्रकाश पारेको शोधकर्ताहरुको भनाई छ ।

शोधकर्तामध्येका एक इटालीस्थित पाडुना विश्वविद्यालयका पुरातत्व विभागका प्राध्यापक मासिमो विडालका अनुसार उक्त लिपस्टिक ५ हजार वर्ष पहिलेका सम्भ्रान्त समाजका महिलाहरुले प्रयोग गर्ने गरेका हुनसक्छन् । उक्त ढुंगाको बोलतमा राखिएको लिपस्टिक फेला परेको चिहान इशापूर्वको ३ हजार वर्षअघिको चिहान हो । जुन दक्षिणपूर्वी इरानको केरम्यान प्रान्तस्थित हालिल नदिको नजिकै रहेको छ ।

नदीमा बाढी आएपश्चात् बाहिर निस्किएका धेरै कलाकृतिमध्ये सो लिपस्टिक पनि एक हो । जुन सुरुमा लुटेराहरुको हात परेको थियो र पछि इरानी अधिकारीहरुले जफत गरेका थिए ।

विश्लेषकहरुले उक्त लिपस्टिकलाई कास्ययुगकको शक्तिशाली मारहासी सभ्यतासँग जोडेका छन् जुन उक्त समयमा मेसोपोटामियाको उक्त क्षेत्रमा फस्टाएको थियो । बीबीसीबाट

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>