राजनीति

रामकुमारी झाँक्रीको गृहजिल्लाका सबै जनप्रतिनिधि एमालेमै,एकीकृत समाजवादीमा कोही गएनन्

Banner

काठमाडौं,भदौं २२-

गुल्मीमा जनप्रतिनिधिका हिसाबले नेकपा एमाले विभाजनको असर शून्य देखिएको छ । एमाले विभाजनपछि दल रोज्न पाउने आज अन्तिम दिन भदौ २२ गते कार्यालय समय अवधिभित्र एक जना पनि जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी दल रोज्न नआएको जिल्ला निर्वाचन अधिकारी माया कुँवरले जानकारी दिइन् ।

कुँवरले दिएको विवरण अनुसार गुल्मीका २ नगरपालिका र १० गाउँपालिका सहित १२ वटा पालिकामध्ये ७ वटा पालिका प्रमुखमा एमालेका जनप्रतिनिधि छन् । यस्तै, १० पालिकामा एमालेका उपप्रमुख छन् । यस अतिरिक्त वडाध्यक्ष र वडा सदस्यसहित थप ३३० जना जनप्रतिनिधि एमालेबाट निर्वाचित छन् । एमालेका प्रभावसाली नेताहरु प्रदिप ज्ञवाली र गोकर्ण विष्ट एमालेमै रहेकाले जिल्लामा विभाजनको असर देखिएन । गुल्मी एकिकृत समाजबादी नेतृ रामकुमारी झाँक्रीको गृहजिल्ला पनि हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>