मौसम

आज नेपालको पश्चिमी क्षेत्रमा पानी पर्ने र हिमपात हुने

Banner

चितवन,पुस २२-

आज पश्चिमी क्षेत्रमा पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले मङ्गलबार पश्चिममा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

यस्तै आज यही प्रणालीको असरले पश्चिमको मौसम पूर्णरुपमा नखुल्ने तर मध्य र पूर्वको मौसम भने एकैछिन खुल्ने र बादल लाग्ने उहाँले बताउनु भयो । उहाँका अनुसार आज मध्य र पूर्वको एक दुई ठाउँमा पानी पर्ने सम्भावना छ ।

तर अहिले पश्चिममा वर्षासहित बदली गराएको पश्चिमी वायु पूर्वतिर सर्ने क्रममा रहेकाले बुधबार काठमाण्डौसहित मध्य र पूर्वमा पनि पानी पर्ने मौसमविद् कँडेलको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>