चितवन विशेष

रत्ननगरमा मृगकुञ्ज समूह गठन प्रक्रिया स्थगित गर्न नेकपाको माग (विज्ञप्तिसहित)

Banner

चितवन, पुस ७-

चितवनको रत्ननगर नगरपालिका–८ बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको समूह गठन र पूर्नगठन प्रक्रिया स्थगित गर्न माग गरिएको छ ।

निर्वाचनलाई लक्षित गरी समूह गठन तथा पुर्नगठन प्रक्रियाकै क्रममा आफ्ना कार्यकर्ता कुटिएपछि नेपाल कम्युनिस्ट पार्टी(नेकपा) रत्ननगर नगर कमिटीले समूह गठन र पूर्नगठन प्रक्रिया स्थगित गर्न माग गरेको हो ।

मृगकुञ्ज उपभोक्ता समिति अन्तर्गतका समूहहरुको घरधुरी कायम गर्ने सन्दर्भमा उक्त समितिका अध्यक्षबाट कतिपय समूहको निर्णय, सिफारिस र जानकारी बिना, आफ्नै समितिका पदाधिकारीलाई समेत गुमराहमा पारी पदीय मर्यादा भन्दा बाहिर गएर निर्वाचन परिणाम आफूले चाहे जस्तो बनाउने मनसायले पक्षपातापूर्ण ढंगबाट घरधुरी र सदस्य संख्या थपघट गरिएको जानकारीमा आएको भन्दै नेकपाले सो समूह गठन प्रक्रिया तत्कालका लागि स्थगित गर्न माग गरेको हो । आफ्ना नेता तथा कार्यकर्तालाई आक्रमण गरेपछि मृगकुञ्ज उपभोक्ता समिति र सोसँग सम्बन्धित समूह गठन पुर्नगठनसम्बन्धी सम्पूर्ण प्रक्रिया हाललाई स्थगित गरि सत्यतथ्य छानबीन गरेर मात्रै प्रक्रिया अघि बढाउन चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको कार्यालय कसराको ध्यानाकर्षण गराउँदछौं विज्ञप्तिमा भनिएको छ ।

नगर अध्यक्ष कुलप्रसाद लामिछाने र इन्चार्ज राजु अम्गाईद्वारा जारी विज्ञप्तिमा समूह गठन गरी विवरण बुझाउन मृगकुञ्जको कार्यालयमा पुगेका नेकपाका नगर कमिटी सदस्य श्याम देवकोटालाई नेपाली कांग्रेसका प्रकाश खत्री, यादव पौडेल, हरि श्रेष्ठ, विकास गुरुङ, विष्णु गुरुङ, ऋषि गुरुङ र खैरहनी नगरपालिका वडा नं १३ निवासी श्री तामाङ सहितका व्यक्तिहरुले फलामको रड, बाँस र चिरपटले हानी घाइते बनाएको जनाइएको छ ।

देवकोटालाई बचाउन घटनास्थल पुगेका जिल्ला कमिटी सदस्य दुर्गाप्रसाद घिमिरे र रोजनाथ पाठकलाई समेत हातपात गरेको भन्दै नेकपा रत्ननगरले दोषीलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेको छ । नेपाली कांग्र्रेसका कार्यकर्ताले शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन प्रक्रिया बिथोल्न नेकपाका नेता तथा कार्यकर्ता माथि आक्रमण तथा कार्यालयमा तालाबन्दी गरेको नेकपा रत्ननगरले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>