चितवन विशेष
जस्मिन पेन्ट्सबाट थापाले पाए दुवई घुम्ने अवसर

चितवन, पुस २–
जस्मिन पेन्ट्स प्रा.लि. भरतपुर चितवनले संचालन गरेको ग्राहक लक्षित बम्पर उपहार योजना अन्तरगत तेस्रो तथा अन्तिम (मंसिर) महिनाको बम्पर बिजेता घोषणा गरिएको छ ।
यसवर्षको ‘फेरी आयो जस्मिन पेन्ट्सको बहार, हरेक महिना बम्परमा दुवई टुरको उपहार’ भन्ने योजना अन्तरगत लक्की ड्र मार्फत भरतपुर–२७ पर्साढाप, निवासी प्रकाश थापाले दुवई घुम्ने अवसर पाएका छन् ।
विजेता थापालाई पर्साढापस्थित् ओम हार्डवेयरमा एक कार्यक्रमक बीच सम्मान समेत गरिएको गरिएको छ । जस्मिन पेन्ट्सको कार्यालय चितवनस्थित लंकुमा मंसिर ३० गते चर्चित हास्य कलाकार, समाजसेवी एवंम् धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले लक्की ड्र मार्फत भाग्यशाली विजेताको नाम छनोट गरेका थिए ।
ओम हार्डवेयर पर्साढापबाट जस्मिन पेन्ट्स खरिद गरी घर रंगाएका थापाले जस्मिन पेट्सको तर्फबाट दुवई घुम्ने सुनौलो अवसर प्राप्त गरेको छन् ।
सम्मान कार्यक्रममा बोल्दै जस्मिन पेन्ट्स प्रालिका निर्देशक मधुसुदन अर्यालले जस्मिन पेन्ट्सका प्रयोगकर्तासामु न्यानो आत्मियता कायम राख्दै खुशी बाँड्ने उद्देश्ले दुवई टुर बम्पर उपहार कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । ‘हामीले उत्कृष्ट र गुणस्तरीय उत्पादन मार्फत हाम्रा ग्राहकलाई अधिकतम सन्तुष्टी प्रदान गर्दै आएका छौँ,’ अर्यालले भने, ‘यससँगै ग्राहकसामु आत्मियता बढाई सबैमा खुशी बाँड्न विगतका वर्षमा जस्तै यो वर्ष पनि बम्पर उपहार कार्यक्रम ल्याएका हौँ ।’
साथै आगामी वर्षहरुमा पनि ग्राहक वर्गहरुलाई लक्षित गरी विभिन्न उपहार योजनाहरु ल्याउने प्रतिवद्धता जनाए । गत भदौ १५ गतेदेखि मंसिर १५ सम्म तीन महिना संचालन भएको यस बम्पर उपहार योजना अन्तर्गत पहिलो महिनाको बम्पर बिजेता मुर्गिया बुटवल निवासी खुमन शाही तथा दोस्रो महिनाको बम्पर बिजेता घोराई दाङ निवासी विष्णुप्रसाद पुन बनेका थिए । जस्मिन पेन्ट्सले यहि कार्यक्रम अन्तर्गत गतवर्ष उपभोक्तालाई थाईल्याण्ड टुर र विसं २०७४ सालमा कार उपहार प्रदान गरेको थियो ।
विगत २५ वर्षदेखि नेपाली बजारमा अन्तर्राष्ट्रिय गुणस्तको आफ्ना उत्कृष्ट उत्पादनहरु ल्याईरहेको यस कम्पनिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु समेत प्राप्त गर्न सफल भएको छ । कम्पनिले यहि पुस ६ गते २५औं वर्षको अवसर पारेर आफ्नो रजत जयन्ती समेत मनाउन लागेको निर्देशक अर्यालले बताए ।