चितवन विशेष

एक महिनाभित्र पुलचोक-गोन्द्राङ सडकको टेण्डर गर्न मन्त्रीको निर्देशन

Banner

चितवन,मंसिर २२-

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भरतपुरको पुल्चोक–गोन्द्राङ र बाइपास सडकको टेण्डर एक महिनाभित्र गर्न निर्देशन दिएका छन् । दुवै सडकको निरीक्षणपश्चात मन्त्री नेम्वाङले एक महिनाभित्र टेण्डर गर्नेगरी काम गर्न सडक डिभिजन भरतपुरका कर्मचारीलाई निर्देशन दिए ।

बाइपास सडक निर्माणाधीन अवस्थामा छ भने पुल्चोक–गोन्द्राङ सडकको डीपीआर निर्माण अन्तिम चरणमा छ । मन्त्री नेम्वाङले देशकै केन्द्रमा रहेको चितवनका मुख्य सडक निर्माणको काम धमाधम हुनुपर्ने बताए । ‘अध्यक्ष प्रचण्डको गृहजिल्ला र देशकै केन्द्रविन्दुमा रहेको चितवनका सडक निर्माण धमाधम हुनुपर्छ’ उनले भने, ‘परिणाम देखिनेगरि काम गर्नुहोस् ।’

उनले बाइपास सडकको टेण्डर भएको क्षेत्रको काम तीव्र गर्न र बाँकी कामको तत्काल टेण्डर गर्न निर्देशन दिए । सडक निर्माणका क्रममा देखिने समस्या महानगर र सांसदसँग समन्वय गरेर हल गर्न उनले सुझाव दिए । यस्तै मन्त्री नेम्वाङले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका छन् ।

डिभिजन प्रमुख कृष्णराज अधिकारीले कार्यालयको प्रगति विवरणबारे जानकारी गराएका थिए । सो अवसरमा प्रदेश सांसद विजय सुवेदीले बाइपास सडक निर्माणमा भएको ढिलासुस्तीप्रति मन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनले सडक निर्माणका क्रममा आएका व्यवधान हटाउन निरन्तर सक्रिय रहेको बताए । सो क्रममा मन्त्रायलका सचिव देवेन्द्र कार्की र सडक विभागका महानिर्देक केशव कुमार शर्मालगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>