नवलपुर
‘सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ नेपाललाई

नवलपुर, मंसिर २०–
नेपाल प्रेस युनियन नवलपुरले प्रत्येक वर्ष प्रदान गर्ने ‘सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ यो वर्ष पत्रकार किशोर नेपाललाई प्रदान गरिएको छ ।
आज (शुक्रबार) एक भव्य समारोहका बीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई पुरस्कार प्रदान गरे । पत्रकारिता क्षेत्रमा नेपाल उल्लेखनिय योगदान पुर्याएकाले नेपालको कामको कदर गर्दै पुरस्कृत गरिएको प्रेस यूनियन नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले बताए । २५ हजार रुपैँया नगद, ताम्रपत्र र दोसल्ला सहित नेपाललाई पुरस्कृत गरिएको हो ।
प्रजातन्त्र सेनानी एवं नेपाली काँग्रेसका नेता स्व. सूर्यभक्त अधिकारी र उनकी धर्मपत्नी स्व. पतनादेवि अधिकारीको स्मृतिमा १५ वर्ष अगाडी उनीहरुका सुपुत्र एवं काँग्रेस नवलपुरका महासमिति सदस्य मदनभक्त अधिकारीले पुरस्कारको स्थापना गरेका थिए । प्रेस युनियन जिल्ला शाखाले प्रत्येक वर्ष पुरस्कार वितरण गर्दै आईरहेको सभापति पराजुलीले बताए ।
वरिष्ठ पत्रकारहरु कुलचन्द्र वाग्ले, सूर्यबहादुर प्रधान, धर्मेन्द झा, कुन्दन दिक्षीत, किरण पोखरेल, तारानाथ दाहाल, रामजी दाहाल, बसन्त उपाध्य, पोषण केसी, हरिबहादुर थापा तथा जिल्लाका दर्जन भन्दा बढी पत्रकारलाई वितरण गरिएको पुरस्कार यस वर्ष पत्रकार नेपाललाई प्रदान गरिएको हो ।