चितवन विशेष

भरतपुरमा अन्तरकलेज शैक्षिक हाजिरिजवाफ हुने

Banner

चितवन, मंसिर १९–

आगामी मङ्सिर २४ गते दोस्रो अन्तरकलेज शैक्षिक हाजिरिजवाफ प्रतियोगिता हुने भएको छ । चितवनको भरतपुरमा रहेको सेन्ट जेभियर्स यन्स्टिच्युटको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो ।

उद्योग वाणिज्य संघ चितवनको सभाहलमा हुने सो प्रतियोगिता कक्षा ११ र कक्षा १२ का विज्ञान संकायका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गर्न लागिएको सेन्ट जेभियर्स इन्स्टिच्युटका संयोजक प्रशान्त अधिकारीले बताए । प्रतियोगितामा सहभागी हुनका लागि निःशुल्क व्यवस्था गरिएकाले नवलपुर र चितवनका २० भन्दा बढी कलेजको सहभागिता रहने अधिकारीको भनाइ छ ।

शैक्षिक पाठ्यक्रममा आधारित रहेर नेपालमा नै पहिलो पटक आफूहरुले प्रतियोगिता आयोजना गरेको अधिकारीले बताए । कार्यक्रमबारे जानकारी दिने उद्देश्यले बिहीबार भरतपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक प्रकाश श्रेष्ठले एउटा समूहमा एक जना महिला अनिवार्य गरिएको बताए ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूहले कक्षा १२ उत्तीर्ण गरेपछि विद्यार्थीले गर्ने तयारी कक्षाहरु निशुल्क गर्न पाउने श्रेष्ठले बताए । जुनकुनै विषयमा नेपालभरी तयारी कक्षा पढ्न चाहने विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा तयारी कक्षा पढाइने श्रेष्ठको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>