चितवन विशेष

एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको फाइनल भोलि, निशान भट्टराईको प्रस्तुती रहने

Banner

चितवन, मंसिर १९–

बोल्ने कला सम्बन्धि फरक खालको प्रतियोगिता ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ को फाइनल प्रतिस्पर्धा भोलि (शुक्रबार) हुँदैछ ।

भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा विहान १०ः३० बजेदेखि प्रतियोगिताको फाइनल हुन लागेको हो ।

फाइनल प्रतिस्पर्धालाई निकै रोमाञ्चक बनाउने प्रयास गरिएको आयोजकले जनाएको छ । प्रतियोगिहरुको आफ्नो कलासंगै चर्चित कलाकारहरुको समेत प्रस्तुती रहेको छ । आयोजकका अनुसार नेपाल आइडलबाट सांगीतिक यात्रा तय गरेका युवा चर्चित गायक निशान भट्टराईको विशेष प्रस्तुती रहेको छ । यस्तै स्थानीय कलाकाहरुले पनि आफ्नो प्रस्तुती दिनेछन् ।

प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा १० जना प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन् । विभिन्न चरणहरु पार गर्दै आर्या रेग्मी (स्काईराइडर स्कुल), आरती काफ्ले (अरोमा स्कुल), आशिष बन्जारा (एकता शिशु निकेतन), हिमाञ्चल पौडेल (सरस्वती निकेतन), स्वीकृति अर्याल (नेपाल मावि), कल्याणी पोखरेल (स्काईराइडर उच्च मावि), श्रेया सुवेदी (सनराइज इङलिस स्कुल), पुनम ओस्ती (स्काइराडर स्कुल), आयुष्मा पोखरेल (स्काइराईडर) र सौगात आचार्य (अरोमा कलेज) फाइनलमा स्थान बनाएको आयोजक विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिका प्रवन्धक विमोचन आचार्यले जानकारी दिए ।

एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस नारायणगढको मुख्य प्रायोजनामा सुरु भएको दोस्रो संस्करणको यस प्रतियोगिताका फाइनल प्रतिस्पर्धीहरुलाई यसपटक विभिन्न सामाजिक कार्यहरुमा समेत सहभागिता गराइएको थियो । उनीहरुले जिल्लाको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका–२ तल्लो काउलेमा विपन्न चेपाङ समुदायलाई कम्बल वितरण गर्नुको साथै विद्यार्थीहरुको निःशुल्क दन्त परीक्षण गरिएको थियो । यस्तै विद्यार्थीहरुलाई एक महिनाको अवधिमा चर्चित व्यक्तित्वहरुबाट बोल्ने कला सम्बन्धि प्रशिक्षण समेत दिइएको थियो ।

यस प्रतियोगितालाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरले प्रायोजन गरेको छ । स्पिकिङ च्याम्पमा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरु सहभागि भएका थिए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ५० हजार, ३० हजार, २० हजार मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>