Uncategorized
चितवन उपनिर्वाचन अपडेट : ३ बजे सम्ममा कुन मतदान केन्द्रमा कति खस्यो मत ?
०

चितवन, मंसिर १४ –
भरतपुर महानगरपालिका वडा नम्बर १६ र खैरहनी नगरपालिकाको वडा नम्बर ४, ५ मा उपनिर्वाचनअन्तर्गत आज जारी मतदानमा दिउँसो ३ बजेसम्मको मत परिणाम प्राप्त भएको छ ।
प्राप्त मत परिणाम अनुसार गाविस भवन मोहनपुरमा ९८९ मत, दूर्गाशेषकान्त अधिकारी मावि विजय नगरमा दुई हजार चार सय ६४, ढड्डाघारी माविमा दई हजार तिन सय ९५ मतदान भएको छ । त्यसैगरी जनएकता आधारभूत मावि हात्तीलेटमा एक हजार दुइ सय ४७, राप्रावि कुनाघी ८४०, राष्ट्रिय आधारभूत मावि सलौलीमा एक हजार १७१ मत खसेको छ ।यसरी सबै मतदान केन्द्रमा गरी चितवनमा अहिलेसम्म नौ हजार चार सय ७३ मत खसेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>